डङ्गोलको ‘यात्राका पाइला’ लोकार्पण

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

राजेन्द्रमान डङ्गोलद्वारा लिखित नियात्रा पुस्तक ‘यात्राका पाइला’ शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित बिशेष कार्यक्रमबीच सार्वजनिक भएको छ । त्रिशूली वाङ्मय प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् एवं बरिष्ठ कवि तुलसी दिवसले हरेक लेखक स्वतन्त्र हुने भएकोले स्वतन्त्र विचरणमा लेख्नुपर्छ । यसर्थ नेपाली साहित्यका समालोचकदेखि पाठकसम्मको मन छुने गरी लेखक डङ्गोलले यात्राका पाइला ल्याएकोमा शुभकामना दिए ।

यसैगरी नियात्राकार युवराज नयाँघरेले आकाशबाट चराले देखेका दृश्य जस्तै राष्ट्रको समग्र सुचना यात्रा साहित्यले दिने गरेको बताए । उनले थपे, ‘भूगोल, संस्कृति र परिवेश बुझाउने भएकोले यात्रा लेखकहरु सांस्कृतिक दुतहरु हुन् ।’

नियात्राकार भीष्म उप्रेतीले गतिशीलता र चित्रण हुनुका साथै हिमाली क्षेत्रका परिवेश उतारेकोमा शुभकामना दिए ।

बरिष्ठ पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यले विदेशीले भन्दा स्वदेशी पर्यटकले नै नेपालको विविध ठाउँको परिचय गराउछन् । थप यसरी पुस्तकमार्फत पनि आन्तरिक पर्यटकले संस्कृति र परिवेश चिनाउने भएकोमा गर्व गरे ।

प्रा. रामराज लोहनीले हिमालय क्षेत्रमा नपुगेपनि पुगेको महसुस गराएकोमा सहपाठीलाई बधाई दिए ।

टानका पुर्वाध्यक्ष एवं नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतले नियात्राकार बनाउनुमा त्रिशुली बाङमय प्रतिष्ठानको योगदान प्रति गर्व गरे ।
लेखक राजेन्द्रमान डंगोलले पर्यटन व्यवसायी भएकोले यात्रामा देखेका परिवेश र हिमवातावरण उतारेको अनुभुति सुनाए ।

प्राज्ञ माया ठकुरीले विविधता नेपाली परिवेशको संस्कृति एक अर्कोलाई बुझाउनु नै यस पुस्तकको बिशेषता रहने बताइन् ।

वाङ्मयको अध्यक्ष श्रीहरि फुयाँलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको उपाध्यक्ष आरएम डङ्गोलले स्वागतको क्रममा लेखकको बाल्यकाल बारेमा प्रष्ट पारिएको थियो ।

प्रतिष्ठानले प्रकाशन गरेको १ सय ९१ पृष्ठ यस पुस्तकमा १० शिर्षक रहेका छन् । दिग्भ्रमित पलहरु, कञ्चनजङ्घामा छाडेका पाइला, यात्रामा भूकम्पीय त्रासदी, संयोगको भेट, स्मृतिमा सुदूरपश्चिम, डेल्फिनसँग झथोरङ्ला ञमा, यार्तुङका अनुभूतिहरु, यादगार अपियात्रा, जेठो हिमालसँगको सहवास र सगरमाथा सुम्सुम्याउँदा रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया