कोका-कोलाको नयाँ जिग्री प्याक सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

बोटलर्स नेपाल लिमिटेडले ‘कोका-कोला जिग्री’ नयाँ प्याक शुक्रबार सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा एक कार्यक्रम गरी २ सय ५० एमएलको प्याक सार्वजनिक गरेको हो ।

जिग्री प्याक कोका-कोला, स्प्राईट र फ्यान्टा ४० रुपैयाँ पर्नेछ । आइतबारदेखि उपत्यका लगायत देशैभरि विक्री हुने लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले जानकारी दिए ।

कम्पनीले जनाए अनुसार उक्त प्याक उपभोक्ता मैत्रीसँगै वातावरण मैत्री र अल्ट्रा बोतल भएको र यसलाई कोलाले हलुका, पुनःशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल रहेको छ ।

नेपालका लागि कोका-कोला कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जिग्री प्याकले ग्लास बोतल र पीइटी बोतलको लाभ एकै पटक प्रदान गर्ने बताए ।
यसको अवधि ६ महिनासम्म रहेको छ ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका