एनआरएन कोरियाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी घोषणा

अमिर योञ्जन संवाददाता
7 Shares
दक्षिण कोरिया

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौ अधिवेशनको लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आ–आफ्नो महत्वाकाँक्षीका साथ वर्तमान बरिष्ठ उपाध्यक्ष विपिन गुरुङ, व्यवसायी बुद्धि गुरुङ र सामाजसेवी यज्ञराज सुवेदीले उम्मेदवारी घोषणा गरेका हुन् । आगमी कार्यकालका लागि उनीहरुले उम्मेदवार घोषणा गरेका हुन् ।

विपिन गुरुङ वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हो । उनी होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । उनले अध्यक्ष पदको लागि एक औपचारिक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेको हो । उनले ६ बुँदे चुनावी एजेन्डासहित घोषणापत्र सार्वजानिक गरेको छ ।
उनको घोषणापत्रमा
१. एनआरएनए कोरियालाई कानुनी रुपमा दर्ता गराउने,
२. कानुनी आर्थिक र मनोवैज्ञानिक सहयोग गर्ने,
३. अक्षयकोष स्थापना गर्ने,
४. एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने,
५. लगानीको वातावरण बनाउने,
६. संस्थाको गतिविधि पारदर्शी बनाउने, प्रतिवद्धताहरु रहेका छन् ।

बुद्धि गुरुङ यहाँका पुराना होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । सामाजिक क्षेत्रमा सक्रिया रहेका गुरुङले तमु धिं, रोटरी क्लब, एसिया कल्चर ग्रुप र हाल रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्षमा काम गर्दै आइरहेको छ । उलने चुनावको लागि चार बुँदे एजेन्डा सार्वजानिक गरेका छन् ।
१. कोरियामा विभिन्न पेशामा आवद्ध नेपालीहरु मझ एनआरएन कोरिया संस्थाप्रति अपनत्व बोध गराउने,
२. मजदुरमैत्री एनआरएन बनाउने,
३. दूतावाससँग सहकार्य गरी बैदेशिक लगानी भित्र्याउने,
४. कोरियामा रहेका सामाजिक, जातिय, राजनीतिक, क्षेत्रीय संघ संस्थासँग सहकार्य र समन्वय गर्ने ।

यज्ञराज सुवेदी सामाजसेवी हुन् । लामो समयदेखि कोरियमा सामाजिक क्षेत्रमा सक्रिया उनले एनआरएन २०१९–२०२१ को लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । उनले पहिलो १०० दिनमा चार काम गर्ने प्रतिबद्धता गरेका छन् । उनले साझा एनआरएनए, सबल एनआरएनए भन्ने नाराका साथ
१. एनआरएनलाई सामाजिक संस्थाको मान्यता लिई संस्थाका सदस्य सबैलाई स्वयंसेवक गरेको मान्यता दिने,
२. अफिस समय भन्दा पछाडी सबै नेपालीको लागि इमर्जेन्सी हट लाइन इन्फरमेशन सर्भिस् सुरुवात गर्ने,
३. इच्छुक सदस्यहरुलाई सीपमुलक तालिममा सहभगी हुन पहिलो प्राथमिकता दिने र संस्थाले यस किसिमको तालिमको सम्बन्धित निकायसँगै समन्वय गरी संचालन गर्ने,
४. बैधानिक श्रम गर्नेहरुले पाउने सुविधा दिलाउनको लागि (जस्तै एचआरडीले संचालन गर्ने अन अफ लाइन तालिम फ्रिमा लिन) सहयोग गर्ने, प्रतिबद्धता रहेको छ ।

उम्मेदवारी सुवेदीले आफूले गरेको सामाजिक अभियान र जिम्मेवारी इमानदारीपूर्वक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

तीन अध्यक्ष पदका आकाँक्षीहरु घोषणापत्र सार्वजानिक गर्दै अहिले सामाजिक सञ्जालमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । अधिवेशनको मिति नजिकिदै गर्दा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । त्यस्तै नयाँ सदस्यता तथा नविकरणको काम तीब्र गतिमा भइरहेको अध्यक्ष लक्ष्मी लामा गुरुङले बताइन् । उनले कोरियाका विभिन्न भौगोलिक क्षेत्रमा पनि अधिवेशनको तयारी भइरहेको बताइन् ।

कोरियामा एनआरएन अधिवेशन आगामी सेप्टेम्बर २१ र २२ तारिख हुदै छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका