प्रवासी नेपाली एकता मञ्च साउदी अरबले आर्थिक बिभाग संयोजक र क्षेत्रीय कोषाध्यक्षलाई बिदाइ गरेको छ । मञ्चले दमाममा एक कार्यक्रम गरी शुक्रबार संयोजक सोभान पुनमगर र दमाम क्षेत्रका कोषाध्यक्ष खिमलाल पोखरेललाई बिदाइ गरेको हो । बिदाइ भएकाहरुलाई मञ्चले मायाको चिनो समेत हस्तान्तरण गरेका थिए ।
केन्द्रीय सदस्य कमल खरेलले सोभान र खिमलाललाई साउदीमा रोजगारीसँगै संगठनमा आबद्ध भई विभिन्न कारण पीडित भएका श्रमिकहरुको उद्धारमा निरंतरता लागेकाले सम्मान गरी बिदाइ गरेको बताए । खरेलले थपे- संगठनलाई मजबुत बनाउन उहाँहरुको ठुलो योगदान छ,’ मञ्चमा सोभान र खिमलालको अभाव खट्किने छन्,’ खरेलले भने,।
कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य हरि बुढाथोकी, कृष्ण तामाङ मञ्चका दमाम संयोजक बाबुराम तामाङ, अलहासा संयोजक गोविन्द वली र दमामका क्षेत्रीय सदस्य ईश्वर तामाङ लगायतले मन्तव्य राखेका थिए ।
बिदाइ भएका सोभान र खिमलालले आफूहरू नेपालमा पुगेर पार्टीका संगठनमा लागिरहने प्रतिबद्धता गरे । केन्द्रीय सदस्य भक्त कार्कीले स्वागत मन्तव्य राखेका कार्यक्रममा केन्द्रीय सदस्य यम लामाले सञ्चालन गरेका थिए ।