नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टहरुको एकतालाई नेपाली जनताले गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताएका छन् । शनिबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्त महासंघ नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याई पुर्याइदियो । अध्यक्ष प्र्रचण्डले भने, ‘हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।’ उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली जनतामा भएको बोझलाई हल्का र सेवा प्रदान गर्नका लागि भएको बताए । सबैले कर उठाएर भार जनताको थाप्लोमा थोपर्ने विल्कुल उद्देश्य नभएको बताउदै जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं । हामीले रोपेको एउटा अर्कै उर्मेला जस्तो भएको छ, ’ उनले भने ।
अबको दशक भनेको समृद्धि र विकासको भएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकार सबैका लागि अवसर हो । जनतालाई बलशाली बनाउने कार्यमा सबै पक्ष लागी पर्नुपर्नेछ ।’
हामीले वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझै धेरै गर्न काम बाँकी छ, अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार निर्वाचन र त्यस अन्तर्गत ऐन नियमहरुको निर्माणको प्रक्रियामा रहेको उल्लेख गरे ।