रसुवामा गरिबी तथ्याङ्क सङकलन सुरू

रसुवा

भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रसुवासहित १२ वटा जिल्लामा गरिबी तथ्याङ्क  (डाटा) सङकलन सुरू गरेको छ ।

जनताको घरदैलोमा पुगेर गरिबीको पहिचान गरी डाटा सङकलन सुरू गरेको मन्त्रालयले जानकारी दिए । गरिबीको तथ्याङ्क सङकलन भइसकेपछि गरिबी लक्षित कार्यक्रम ल्याउने भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताइन् । उनले भनिन्, तीन बर्षभित्र गरिबी शुन्य बनाउने लक्ष्य सहित सरकार अगाडी बढेको छ ।

गरिबीको रेखामुनि रहेकालाई पहिचान गरी त्यस समुहलाई विषेश कार्यक्रम ल्याउने उदेश्यका साथ कार्यक्रमको शुभारम्भ गरेको हो ।

रसुवालगायत ताप्लेजुङ, धनकुटा, महोतरी, काभ्रे, स्याङ्जा गरी १२ वटा जिल्लामा गरिबी पहिचान कार्यक्रम सुरू भइसकेको छ । यस अघि २६ वटा जिल्लामा गरिब पहिचान गरी परिचय-पत्र वितरणका लागि स्थानीय तहहरूको समन्वय भइरहेको मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया