भाईरल बन्यो ट्रोल जापान

Avatar
राम तामाङ संवाददाता
जापान

पछिल्लो समय सामाजिक संजालमा भाईरल हुने ट्रेन्ड निकै बढिरहेको छ । सामाजिक संजालमा अनेक नाममा विभिन्न फेसबुक पेजहरु खोलिएको छ । ति मध्ये एक हुन्, ट्रोल जापान । यसले बिशेष गरि जापानमा रहेका नेपालीहरुको अवस्थाको सकारात्मक र नकारात्मक (उडाउने खालको) दुवैथरीको ट्रोल र मेमे बनाएर दर्शक हँसाइरहेको छ ।

प्राय: जापानमा नेपाली विद्यार्थीहरुको अवस्थालाई चित्रण गरि व्यंग्य र खिल्ली उडाएर बनाइने यस्ता सामग्री सामाजिक संजालमा निकै शेयर हुन् थालेका छन् । अधिकांश फोटोमा नेपालीहरुकै लवज प्रयोग गरी रमाइला-रमाइला सन्दर्भ लेख्ने गरेको पाइन्छ । जसलाई जापानबासि नेपालीहरुले मन पराएका छन ।

सन् २०१७ मा नेपालबाट जापान आएका केहि नेपालीहरुको समुहद्वारा स्थापना गरेको यो समुहले निकै छोटो समयमै जापानबासी नेपाली दर्शकहरुबाट राम्रो माया र साथ पाएको छ । हाल सम्म यस पेजलाई ८० हजार जनाले लाइक र ८५ हजारको फ्लोवेर्स रहेको छ । अहिले यो पेजलाई ४ जना मिलेर चलाईरहेको यस पेजका एक सदस्यले बताए, तर आफ्नो बास्तबिक परिचय भने गोब्या राख्न अनुरोध गरे । क्यापटेन दाई, रिकोन, बबुकुन र खाजी नामको निक नाम राखेर जापानको टोकियो र नागोयाबाट यो पेज संचालनमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका