त्रिकोणात्मक टी-२० सिरिजमा मलेसिया पराजित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्डसले मलेसियालाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्डसले मलेसियालाई १५ रनले पराजित गरेको हो ।


टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९१ रन बनाए । एक सय ९२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मलेसियाले आठ विकेट गुमाउँदै १७६ रन मात्र बनाए । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले शतकीय पारी खेले । उनले ७३ बलमा अविजित १३३ रन बनाए । यसक्रममा उनले ६ छक्का र १५ चौका प्रहार गरे ।

यस्तै कप्तान बेन कुपरले २० तथा स्कोट इडवार्डले ३१ रन बनाए । बलिङतर्फ मलेसियाका लागि पवनदीप सिंह र अनवर अहमदले एक-एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको मलेसियाको खराव सुरुवात रह्यो । मलेसियाले २० रन बनाउँदा तीन विकेट गुमाएको थियो । मलेसियाका लागि सरभिन मुनिडेले २८, विरनदिप सिंह ८७, अनिमुद्दिन राम्लेले २६ तथा सर्भिन मुनिन्डेले २८ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्डस लागि आर्यन दत्त, बास डी लिडी र सवास्चियन ब्राटले दुई दुई विकेट लिए । प्रतियोगितामा नेपालले सोमबार मलेसियासँग आफ्नो दोस्रो खेल खेल्ने छ । पहिलो खेलमा शनिबार नेपालले नेदरल्यान्डसलाई नौ विकेटले पराजित गरेको थियो । तीन देश सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल शीर्ष स्थानमा नेदरल्यान्डस दोस्रो तथा मलेसिया पुछारमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका