एकता मञ्चको क्षेत्रीय समिति गठन

संयोजकमा बोहरा

स्वागत पुनमगर संवाददाता
साउदी, जेद्दा

प्रवासी नेपाली एकता मञ्च साउदी अरबको क्षेत्रीय भेला सम्पन्न भएको छ । शुक्रबार जेद्दामा सम्पन्न भएको उक्त भेलाले सुरेश बोहराको संयोजकत्वमा जेद्दा क्षेत्रीय कार्यसमिति गठन गरेको छ ।

समितिमा सचिव प्रेम बराईली, कोषाध्यक्ष राजेन्द्र ढुंगेल, त्यसैगरी  सदस्यहरू क्रमशः पर्शुराम पराजुली, संतोष आचार्य, आकाश थापा, प्रेम बोहरा, हरिकृष्ण आचार्य, शिव सापकोटा, दिपक खत्री, राजेश ढुंगेल र प्रदिप केसी चयन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मञ्चका साउदी संयोजक शिवराज जैसी (रवीकिरण)ले नवगठित कार्यसमितिलाई शुभकामना दिए । जेद्दा शहर भौगोलिक रुपमा राजधानीबाट टाढा रहेपनि, लामो छुट्टीको सदुपयोग गरी संगठनको बिस्तार र श्रमिक समस्या आदानप्रदान गरेको जैसीले बताए ।

भेलामा मञ्चका सचिव राजु खनाल, केन्द्रीय सदस्य कमल शाही, जित खड्का, कमल पाठक, प्रदीप केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दुर्गा विकको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमका सभापति आकाश केसी रहेका थिए । कार्यक्रमलाई राजेन्द्र ढुंगेलले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका