मिस तामाङ वर्ल्ड हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

मिस तामाङ वर्ल्ड २०२१ को आयोजना हुने भएको छ। विश्वभर छरिएर रहेका प्रतिभाशाली तामाङ युवतीहरुमा केन्द्रीत रहेर प्रतियोगिता गर्न लागेको हो । सोमबार पत्रकार सम्मेलन गरि औपचारिक रुपमा जानकारी गराइएको हो ।

मिस तामाङ वर्ल्ड फाउन्डेसन तथा साधना कला केन्द्रको आयोजनामा प्रतियोगिता हुनेछ ।

तामाङ समुदाय लगायत अन्य जातिसंँगको सामाजिकरणमा पनि जोड दिने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजक संस्थाका संस्थापक अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । उनले भने, `तामाङ संस्कृतिको अन्तर्राष्ट्रियकरण गर्न प्रतियोगिताको उद्देश्य हो ।´


प्रतियोगितामा सहभागिले आगामी वैशाख १५ गतेसम्म आवेदन दिनुपर्नेछ ।

विश्वको जुनसुकै स्थानमा बसोबास गर्ने तामाङ जातिको अविवाहित युवतीहरुले आवेदन दिन सक्नेछन् । आवेदक १६ देखि २८ वर्ष उमेर समूह भित्रको हुनुपर्ने, कम्तिमा दश जोड दुई वा सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, कम्तीमा पाँच फिट उँचाईको हुनुपर्ने र मानसिक सन्तुलन सही हुनुपर्ने मुख्य प्रावधान राखिएको छ ।

प्रतियोगिताको फाइनल आगामी जेठ १२ गते बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीमा हुबे आयोजकले जनाइएको छ ।

तपाईको प्रतिक्रिया