सुजताको ‘पिरतीको लुडो’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौँ

अभिनेत्री सुजता सिटौलाद्वारा निर्मित ‘पिरतीको लुडो…’ बोलको भिडियो सार्वजनिक गरिएको हो ।


भिडियोमा नायिका तेजुला खतिवडा, यसराज गरच आदिले अभिनय गरेका छन् । नायिका तेजुला खतिवडा फिचर्स फिल्मकी नायिका हुन् भने उनी अभिनीत दर्जन बडी भिडियो यस अघि सार्वजनिक भइसकेको छ ।

लोकप्रिय गायिका शिला बिष्ट ‘अलि’ र गायक विपिन घिमिरेको मिठो स्वर रहेको नयाँ आधुनिक बोलको म्युजिक भिडियोमा लक्ष्मी पौडेलको शब्द छ भने एरेन्ज राजन इसान, कोरियोग्राफर नरेशबिर सिंह, सम्पादन टेकेन्द्र शाह, छायाङ्कन, निर्देशन लुजा सिंहको रहेको छ ।

गीतको स्वाद केही फरक छ । विशेष गरी गायिका शिला बिष्टले यसअघि गाउने गीत भन्दा केही फरक पाउन सकिन्छ । जसले गर्दा भिडियो श्रोता, दर्शक रुचिको हुन सक्ने विश्वास गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया