पहिलोपटक विश्व टी-२० क्रिकेटको बरियतामा कुशल भुर्तेल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी-२० क्रिकेटको बरियतामा पर्न सफल भएको छ ।


रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो । भुर्तेल टी-२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा पर्नुभएको छ । उनी ९३ औं स्थानमा रहेको छ ।

भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएको छ । उनले तीन खेलमा एक सय ८५ रन बनाएको छ । भुर्तेलले नेदरल्यान्डससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अद्र्धशतक बनाएको थियो । नेदरल्यान्डस सितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्यान्डससितको खेलमा ६२ रन बनाएको थियो ।

यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औं स्थानमा परेको छ । पूर्वकप्तान खड्का यसअघिको बरियतामा ७३औं स्थानमा थिए । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी-क्रिकेट सिरिज खेल्नबाट बन्चित भएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका