स्वयम्भू स्तूप परिसरका घर बुद्धाचार्य परिवारलाई हस्तान्तरण हुँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ । वि.सं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनः निर्माण गरी यही वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गरिनेछ ।


स्वयम्भू पुनः निर्माण समिति एवं काठमाडौँ महानगरपालिका वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले स्वयम्भूका पुजारीका रूपमा सदियौँदेखि बस्दै आएको बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) पुनः निर्माण दुई वर्षमा सकिएकाले आगामी सोमबार घरधनीलाई हस्तान्तरण गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

कामपाका प्रवक्ता डङ्गोलले भने, घर एकीकरण गरेर (हाउस पुलिङ प्रणालीबाट) सञ्चालन गरिएको काठमाडाैँ महानगरको यो पहिलो योजना हो ।’ पुरातत्त्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ । कामपा-१५ का वडा सदस्य आनन्द गौतमका अनुसार पुनः निर्माणका लागि करिब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । सोमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुनः निर्माण सम्पन्न गरिएको हो । सो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले बेहोरिएको हो ।

पुनः निर्माणको काम २०७५ पुस ३० गतेदेखि थालनी गरिएको थियो । पुनः निर्माण गरिएका घर घरधनीबाट एकपछि अर्कामा पुस्तान्तरण गर्न मिले पनि बेचबिखन गर्न भने पाइने छैन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका