बौद्व-तेमाल जात्रा: सामाजिक दुरी कायम गर्न आग्रह

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
427 Shares
काठमाडौँ

कोरोना भाइरस कोभिड-१९ को महामारीलाई मध्यनजर गरी सदियौँदेखि बॏद्वमा मानिँदै आएको चैत्र पूर्णिमा (बॏद्व-तेमाल जात्रा) सामाजिक दुरी कायम गरी मनाउने भएको छ ।

प्रत्येक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा लाग्ने जात्रा कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखी यस वर्ष सामाजिक दुरी कायम गरी मनाउन बौद्धनाथ क्षेत्र विकास समितिले आग्रह गरेको छ ।

समितिका कार्यकारी निर्देशक वसन्त लामाका अनुसार सम्पूर्णमा घरघरमा नै ङोवा मोलम गर्न अनुरोध गरेका छ ।

यो जात्रामा तामाङ समुदायले आफ्नो पितृको नाममा बत्ती बाली लामागुरुहरुद्धारा ङोवा (पूजापाठ) गर्ने प्रचलन छ, लामाले भने, ‘हामीले ङोवा मोलम गर्नेको नाम टिपाएर सामूहिक पूजा पनि गरिनेछ ।’

तेमाल जात्रा नामले परिचित जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रूपमा समेत रहेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत रामेछाप, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुलीबाट समेत जात्रामा उल्लेख्य सहभागिता रहने गर्छ ।

जात्रामा फापर ह्वाइ तथा विविध सांस्कृतिक कार्यक्रम पनि हुने गर्दछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका