एनआरएनए साउदीले गरे एकैदिन दमाम र खोबारको अधिवेशन

एनआरएनए दमामका अध्यक्ष थापा र खोबारका खड्का

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) साउदीका दमाम र खोबरको अधिवेशन सम्पन्न भएको छ ।

एनआरएनए साउदीले अप्रिल २३ तारीख जुम भर्चुअल बैठकबाट एकैदिन स्थानीय समन्वय समिति दमाम र खोबारको अधिवेशन सम्पन्न गरेको हो । उक्त अधिवेशन सन् २०२१-२०२३ कार्यकालका लागी दुई स्थानीयस्तरमा सम्पन्न भएका हुन् ।

उक्त अधिवेशनबाट दमाम समन्वय समितिका लागि हरि थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएका थिए । कार्यसमितिका उपाध्यक्षमा दिपक खाण, सचिव  रामबहादुर खड्का, सहसचिव राम थापा, कोषाध्यक्ष रमेश राजवंशी, सहकोषाध्यक्ष सरोज कुमार मण्डल र प्रवक्ता सुरज आचार्य रहेका छन् । त्यसैगरी दमाम समितिका सदस्यहरु क्रमश पासाङ शेर्पा, संजित कुमार पासवान, तेजबहादुर शाही र ओम नारायण श्रेष्ठलाई चयन गरिएका छन् ।


यसैगरी खोबार समन्वय समितिका लागि दुर्गा बहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएका थिए । खोबार कार्यसमितिका सचिव हरि ओली, सहसचिव  मोति राज चाम्लिङ, कोषाध्यक्ष जय थारु, सहकोषाध्यक्ष होमनाथ भण्डारी रहेका छन् । त्यस्तै सदस्यहरुमा लाल प्रसाद धिताल, बसन्तराज भण्डारीलाई चयन गरेका हुन् ।

कार्यक्रममा एनआरएनए मध्यपूर्व संहसंयोजक राजेन्द्र अर्याल, एनआरएनए सदस्य यास्मिन बेगम, नारायण पासवानले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । त्यसैगरी साउदी एनआरएनएका संरक्षक राजु सैयद, अध्यक्ष तेजबहादुर थापा, उपाध्यक्ष विशाल श्रेष्ठ, भोला पौडेल, कार्यबाहक कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, सदस्य नरेन्द्र कार्की लगायत समेत शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनका लागी एनआरएनए साउदीका प्रमुख सल्लाहकार डमर यादवको संयोजकत्वमा उपाध्यक्ष रोशन श्रेष्ठ, महासचिव उमेश भट्टराई, सदस्य शुक्र मोक्तान, पूर्व कोषाध्यक्ष मोहम्मद जैनुल अव्दिन सम्मेलित ५ सदस्यीय समिति गठन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका