भुर्तेल त्रिदेशीय टी-२० सिरिजको उत्कृष्ट खेलाडी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेको छ । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाएका भुर्तेल ` प्लेयर अफ दि सिरिज ´ घोषित भएको हो ।

प्लेयर अफ दि सिरिज भएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेसियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा शनिबार नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए । भुर्तेल एकै सिरिजमा चार अद्र्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनाएको छ ।

भुर्तेलले टी-२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अद्र्धशतक बनाउने कीर्तिमानसमेत बनाएको छ । यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बनेको छ । उनले सिरिजको पाँच खेलमा १३ विकेट लिए । टी-२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनेका लामिछानेले १०१ खेलमा १३८ विकेट लिएको छ ।

तपाईको प्रतिक्रिया