झन्डै चार दशकको अनुभवसहित रसुवामा माछापालन शुरु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवा जिल्लाकाे गोसाइँकुण्ड गाउँपालिका-६ साेलेमा ३८ वर्ष अनुभवसहित रेम्बाे ट्राउट माछापालन व्यवसाय शुरु भएकाे छ ।


गत चैत २३ गतेबाट हिमालयन रेम्वाे ट्राउट प्रर्दशन प्राईभेट लिमिटेड दर्ता गरेर छाेराहरूकाे सहयाेगमा जागिरे जीवनकाे अवकाशपछि खाली समयमा आफ्नाे ३८ वर्षे अनुभवलाई निरन्तरता दिई हरिप्रसाद रिमालसंँग बरिस्ठ प्राविधिक अधिकृत शन्त कुमार श्रेष्ठले देश-विदेशसम्म व्यवसाय बढाउन लागेकाे बताए ।

अवकाश प्राप्त श्रेष्ठ छाेराहरू अेामराज र अंगी श्रेष्ठकाे नाममा फर्म दर्ता गरि व्यवसाय गर्न लागेको हो । उनले कृषि कार्यालयमा २ वर्ष, मन्त्य अनुसन्धान केन्द्र त्रिशूली, मन्त्य अनुसन्धान महाशाखा गोदावरी, कालीगण्डकी मन्त्य हेचरि, कृषि केन्द्र क्यानडा, मन्त्य अनुसन्धान केन्द्र धुन्चेमा गरेर यसक्षेत्रमा ३८ वर्ष बिताए थिए । श्रेष्ठले २०७६ असाेज २८ गते जागिरे जीवन रिटार भएपछि माछापालन गर्न लागेका हुन् ।

श्रेष्ठले रिमालसंँगको सहकार्यमा १५ वटा पाेखरी र सानाे तथा ठुलाे माछा गरि ७ सय ५६ वटा ६० लाख रुपैयाँमा किनेर चार लाख भुरा उत्पादन गर्ने लक्ष्यसहित खाने माछा चार टन हुदै १० टन उत्पादन गर्ने लक्ष्य रहेकाे छ । श्रेष्ठका अनुसार उक्त माछा चीन र जापानबाट आयातित हुन् । जमेकाे पानीभन्दा पनि बगिरहेको भिरालो जमिनमा २० डिग्रीभन्दा कम तापक्रममा भुरा उत्पादन हुने श्रेष्ठको भनाइ छ । जागिरे जीवनमा बटुलेका अनुभवलाई सदुपयोगगरि व्यवसायमा लागेको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका