लाङटाङमा नाै महिनामा तीन हजार पर्यटक भित्रिए

आठ लाख राजश्व संकलन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता

लाङटाङ राष्ट्रिय निकुञ्जमा आर्थिक वर्षको नौं महिनामा तीन हजार एक सय ४१ पर्यटक भित्रिएका छन् । उक्त पर्यटकहरुबाट ८ लाख १३ हजार एक सय रूपैयाँ राजश्व संकलन भएकाे छ ।


पदमार्गकाे लागि तेस्रो गन्तव्यकाे रूपमा रहेकाे रसुवामा विषेश गरी गाेसाईकुन्ड ताल, लाङटाङ राष्ट्रिय निकुन्ञ एरिया लगायत तामाङ सम्पदा मार्गमा आउने स्वदेशी तथा विदेशी पर्यटक २०७७ साउनदेखि चैत मसान्तसम्म तीन हजार एक सय ४१ जना घुम्न आएका छन् ।

त्यस मध्ये दुई हजार नाै सय ४१ जना नेपाली, एक सय ८२ जना विदेशी र सार्क राष्ट्रभित्रका १८ पर्यटक रहेका छन् । यसबाट राजश्व आठ लाख १३ हजार एक सय रूपैयाँ सङकलन भएकाे राजश्व संकलन कार्यालयले जनाएको छ । लाङटाङ उपत्यका, गाेसाइकुण्ड ताल, दाेर्जे लाक्पा पास, मेलम्ची घ्याङ, हेलम्बु, पाँच पाेखरी, तार्केघ्याङु, ह्योल्मो आमा याङ्ग्री, शेर्माथाङ, घ्याङफेी, क्यान्जिङ उपत्यका रहेका छन् ।

काेभिड-१९ पछि धेरै कम आन्तरिक तथा बाध्य पर्यटककाे आगमन भएकाे हाे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका