छथर जोरपाटीद्वारा राष्ट्रपति रनिङ सिल्ड विजेता सम्मानित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटा, छथर जोरपाटी गाउँपालिकाले जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

छथर जोरपाटी गाँउपालिकाको खेलकुद विकास समितिद्वारा आयोजित रनिङ सिल्ड प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ४ कास्य पदक गरि १३ पदक जितेका विद्यार्थीहरुलाई हौसला स्वरुप नदग तथा मायाका चिनो प्रदान गर्दै सम्मान गरेको हो । गाउँपालिकाले सम्मान कार्यक्रम मंगलबार आयोजना गरेको हो ।

कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर र राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बलदिप राईले विजेता विद्यार्थीहरुलाई हौसला स्वरुप जनही २-२ सय रुपैयाँका दरले प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मगरले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाँपालिकालाई तेस्रो स्थान हासिल गरी १३ वटा पदक ल्याउन सफल भएको जानकारी दिए । उनले विद्यार्थीहरुको यो कार्यले गाँउपालिकाको शिर उच्च पारेकोमा खुशी व्यक्त गरे । त्यसैगरी गाँउपालिका भित्र खेलकुद सम्बन्धि विभिन्न समस्या समाधानका लागि आउने वर्षको बजेट मार्फत सम्बोधन हुने प्रशासकीय अधिकृत मगरले बताए ।

यस्तै राष्ट्रिय यूवा संघका केन्द्रिय सदस्य राईले मेहनत नै सफताको जड भएकोले आगामी दिनमा जिल्ला प्रथम हुन खेलाडीहरुलाई शुभकामना दिए । राईले किताबी ज्ञानले मात्रै भविश्य नबन्ने भन्दै एक्स्ट्रा ज्ञान हुन आवश्यक रहेकोले खेलकुद पनि क्षमता विकासको एक माध्यम भएको बताए ।


कार्यक्रममा छथरजोरपाटी गाँउपालिका खेलकुद विकास समितिका संयोजक चन्द्र सुुब्बाले खेल क्षेत्रका विकासका लागि गाँउपालिकाले विभिन्न कार्यक्रम तथा योजना संचालन गरिरहेको जानकारी दिए । उनका अनुसार प्रत्येक स्थानीय तहलाई स्वेच्छिक विषयका पाठ्यक्रम राख्ने अधिकार अन्तर्गत खेल सम्बन्धि पाठ्यक्रमलाई व्यवस्था गरेमा उपलब्धि मुलुक हुने धारण राखे ।

त्यसैगरी कार्यक्रममा वडा नं ५ का अध्यक्ष सुरेन्द्र लिम्बु, छथरजोरपाटी गाँउपालिकाका शिक्षक संघ तथा खेल शिक्षक लोकबहादुर अधिकारी, गाँउपालिका शिक्षा शाखाकी प्रमुख निर्मला सुवेदी लगायतले बधाई तथा शूभकामना मन्तव्य राखेका थिए । गाउँपालिका भित्रका १३ वटा विद्यालय मध्य ५ वटा सगरमाथ, चुलाचुली, सरस्वती, महाकाली र सेतो गुरास बोडिङ स्कुलका विद्यार्थिहरुले विभिन्न विधाका खेलहरुमा प्रतिस्पर्धा गरेका थिए ।

खेलकुद विकास समितिका उपाध्यक्ष पदम श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई समितिका सचिव दिवस खड्काले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका