नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र नं. ३ शाखाको अध्यक्षमा बुद्ध लामा निर्वाचित भएको छ । शनिबार सम्पन्न प्रथम अधिबेशनबाट लामाको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेका हुन् ।
अधिबेशनबाट उपाध्यक्षद्धय महेश थापा र अर्जुन लामा, सचिब देवराज गुरुङ, सहसचिब बिमला राई, कोषाध्यक्ष सर्मिला तामाङ, सहकोषाध्यक्ष छिरिङ लामा चयन गरेका छन् ।
यसैगरी सदस्यहरू अनिल भुजेल, लक्ष्मी पुरी, सरस्वती पोखरेल, निरु फुयाँल, सहदि पन्त र सुरज श्रेष्ठ रहेका छन् ।
अध्यक्ष लामा विगत दुई दशकदेखि नृत्य प्रशिक्षण गर्दै आइरहेको छ । उनले करिब २ सय जति म्युजिक भिडियोको निर्देशन समेत गरिसकेका छन् ।
सस्थाका निबर्तमान अध्यक्ष दक्षिणा लामाको अध्यक्षता र संघ केन्द्रीय समितिका अध्यक्ष भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1