दक्षिण कोरियाका राष्ट्रपति मुनलाई कोरोना विरुद्धको दोस्रो खोप

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दक्षिण कोरिया

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोनाभाइरस विरुद्धको दोस्रो खोप लगाएको छ ।

राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उनले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाएको हो । राष्ट्रपति मुनले खोपको पहिलो मात्रा भने गत मार्च २३ तारिखमा लगाएको थियो । अमेरिकाको भ्रमणमा निस्कनु अघि राष्ट्रपति मुनले दोस्रो मात्रा लगाएर खोपको मात्रा पुरा गरेको हो ।

राष्ट्रपति मुनका जनसञ्चार सम्बन्धी वरिष्ठ सचिव चाङ मान होले पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा पनि यस बारेमा जानकारी दिको थियो । उनका अनुसार राष्ट्रपति मुन आगामी मे २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेगरी अमेरिका जान लागेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका