गोसाईकुन्ड मेला भर्न आउने तिर्थालुको लागि शनिबारबाट गोसाईकुण्ड पदमार्गमा ३ वटा स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।
गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सन्जिव डिएमका अनुसार गोसाईकुन्डमा हिमालयन उद्वार संघ, चोलाङपाटीमा नेपाली सेना कालीजंग गण र चन्दनबारीमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालले स्वास्थ्य शिविर संचालन गरेका हुन् ।
प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओमप्रकास वाग्लेले तीर्थयात्रीले समस्या परेमा नजिकैको प्रहरी विट वा जिल्ला प्रहरी कार्यालयको टेलिफोन नम्बर ०१०–५४०१९९ र टोल फ्रि नम्बर १००, प्रहरी प्रवक्ताको नम्बर ९८५१२५४९६०, र ट्राफिक प्रहरीको नम्बर ९८५१२८२६६८ मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
विगत दुई दशकदेखि अक्सिजनसहितको शिविर संचालन गर्दै आएको हिमालयन उद्वार संघले यसवर्ष ६ जना चिकित्सकसहितको टोली परिचालन गरेको छ ।
लेक लाग्ने समस्या आएमा सुरक्षाकर्मीद्वारा तुरुन्तै होचो भुभागमा पुर्याउने व्यवस्था पनि मिलाएको छ ।
यात्रुहरूको सुविधाको लागि धुन्चे हुदै तिवारी वगरदेखि गोसाईकुण्डसम्म ८५ थर्पु र १७ होटल संचालानमा छन् ।