एक व्यवसायीले कोरोना बिरामीका लागि सवारीसाधन नि:शुल्क दिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
झापा

झापाका एक व्यवसायीले कोरोना भाइरस संक्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारीसाधन उपलब्ध गराउने भएको छ ।

दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस संक्रमित बिरामीलाई उपचारका लागि दमकसहित प्रदेश नं १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने घेषणा गरेको हो ।

नेकपा एमाले निकट युवा संघ झापाका अध्यक्षसमेत रहेका व्यवसायी भण्डारीले विपद्का समयमा मानवीय सहयोग पुर्‍याउनका लागि आफूले निःशुल्क सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले उक्त सेवा लिनका लागि ९८५२६७७९७२ नम्वरमा सम्पर्क गर्न पनि सम्बन्धित सबैमा आग्रह गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका