रसुवागढी नाकामा थप कडाइ गर्ने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

विश्वव्यापी रूपमा फैलिरहेका काेराेना भाइरसको उच्च उच्च जोखिम बढेपछि रसुवागढी नाकामा थप कडाइ बनाइने भएकाे छ । बिहीबार नेपाल-चीनबीचका मितेरी पुलमा दुवै देशका अधिकारीहरूकाे बैठकबाट नाकामा थप कडाई गर्ने सहमति भएको हो ।

बैठकमा दुई देशबीचका सिमा सुरक्षा लगायत चिनिया गाडीलेनै सामग्री नेपाल ल्याईदिने, आवतजावतमा गर्न नदिने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने जस्ता विषयमा छलफल भएकाे बताएको छ । विगत एक वर्षदेखि नाकमा मानिसकाे आवतजावत राेकेकाे र चिनियाँ गाडिले सामग्री नेपाल ल्याइदिने गरेका छन

बैठकमा चिनिया पक्षले नेपाल लगायत रसुवामा काेराेनाका अवस्था र न्यूनीकरणका लागि केकस्ता कदम रहेका छन्, भन्ने विषयमा पनि छलफल भएकाे र दुवै देशका बैठकमा सहभागीहरूले सेताे पिपिआई सेट, फेस फिल्ड लगाएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका