एनआरएनए अलकासिमको अधिवेशन सम्पन्न, अध्यक्षमा रम्जान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

गैर आवासीय नेपाली संघ समन्वय परिषद् (एनआरएनए) अलकासिमका चौथो अधिवेशन सम्पन्न भएको छ । उक्त क्षेत्रीय अधिवेशनबाट सहसचिव पछि थप्नेगरी रम्जान दिन मियाँको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ । साउदी अरेबियामा पछिल्लोपटक पुनः कोरोना भाइरस संक्रमित थप्ने क्रम बढेपछि जूम भर्चुअल बैठकबाट अधिवेशन सम्पन्न गरेको हो ।

उक्त भर्चुअल बैठकबाट अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी, उपाध्यक्ष बिष्णु रावल, सचिब ध्रुब कटुवाल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, सहकोषाध्यक्ष वीरबहादुर तामाङ रहेका छन् । त्यसैगरी युवा संयोजक काजीमान कन्दङेवा र सदस्यहरुमा क्रमशः नुरूलजमा अन्सारी, बिनोद खडका, सिद्धी श्रेष्ठ, रमन अर्याल र अर्जुन थापालाई चयन गरेका हुन् ।


नवनिर्वाचित अध्यक्ष रम्जानले एनआरएनए साउदी र अलकासिम क्षेत्रका पूर्व नेतृत्वहरुले दिएको जिम्मेवारीलाई इमानदारी पुर्वक पूरा गर्ने प्रतिबद्धता गरे । रम्जान यसअघिका समितिमा थिए । उनले कोरोना महामारीबाट पीडित भएका, अकामा म्याद सकिएका लगायत विभिन्न समस्याहरु भोगी रहेका यहाँका मजदुरहरुका उद्धार तथा व्यवस्थापनमा अनुभव बटुली सकेका छन् ।

कार्यक्रममा एनआरएनएका मध्यपूर्व संहसंयोजक राजेन्द्र अर्याल(जोन), सदस्य यस्मिन बेगम, नारायण पासवान, साउदीका प्रमुख सल्लाहकार डम्बरबहादुर यादव, अध्यक्ष तेजबहादुर थापा, महासचिव उमेश भट्टराई लगायत एनआरएनए साउदीका विभिन्न पदाधिकारीहरुले सन् २०२१-२०२३ का निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिए ।

साउदी एनआरएनएले यहाँ विभिन्न कारण पीडित हुन पुगेका मजदुरहरुका लागि विभिन्न परियोजना ल्याएर सहयोग गर्दै आएको छ । पछिल्लोपटक साउदी एनआरएनएले कोरोनाबाट बच्न तत्काल खानपिनका सामग्री, कोरोना टेस्ट पीसीआर, हवाई टिकट लगायत पीडित मजदुरको अवस्था हेरेर सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका