बागमती स्काउट संयोजकमा ग्लान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
ललितपुर

ललितपुर, बागमती गाउँपालिकाका स्काउट संयोजकको जिम्मेवारी बाबु लाल ग्लानलाई दिएको छ । उनलाई स्काउटको बैशाख ९ गतेको बैठकले उक्त जिम्मेवारी दिएको हो ।


ग्लानसँगै स्काउट नेपालका ललितपुर महानगरपालिका संयोजकमा गोपाल महर्जन, महालक्ष्मी नगरपालिकामा मुना खनाल , कोन्ज्योसोम गाउँपालिकामा मिलन तामाङ र महाँकाल गाउँपालिकामा कल्याण महतले संयोजकको जिम्मेवारी पाएका छन ।

विगत ९ बर्षदेखि निर्वाचन हुन नसकेको स्काउटका गतिविधि संचालन गर्नका लागि देशका ७ सय ५३ वटा स्थानीय तहमा संयोजक तोकिएका हुन् । स्काउटले संयोजकहरुलाई शैक्षिक, सामाजिक तथा सांगठनिक गतिविधिलाई स्थानीयस्तरमा विस्तार गरि लक्ष्य र निर्णय कार्यान्वयन गर्न गराउन निर्देशन दिएको छ ।

स्थानीय तहका स्काउटले हरेक बिद्यालयमा इकाई निर्माण गरि बालबबालिका तथा युवालाई स्काउटिङ अभियानमा सहभागी गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका