धनकुटाका शहिदभूमिमा कोरोनाबाट बच्न पठनपाठन बन्द

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटा, शहिदभूमि गाँउपालिकाका शिक्षा शाखाले अर्को सूचना जारी नभएसम्म पठनपाठन बन्द गरेको छ । शाखाले कोभिड-१९ बाट बच्नका लागि उच्च सर्तकता अपनाउदै विद्यालयहरु बन्द गरेको हुदाँ अभिभावकले अरु समयभन्दा विशेष सचेतता पुर्वक जिम्मेवारी निवार्ह गर्न आग्रह गरिएको छ ।


पालिकामा ३९ वटा सामुदायिक र ५ वटा निजी विद्यालय रहेकाछन् । सम्पूर्ण विद्यालयले तेस्रो चरणको ७० अंकको परिक्षा सकेर विद्यालय बन्द गरिएको गाँउपालिकाको शिक्षा शाखा प्रमुख उमेश राईले जानकारी दिए । केहि बाँकी रहेका विद्यालयले पनि परिक्षा केन्द्रको सर्कुलर अनुसार बैशाख २० गतेसम्म सम्पन्न हुने जानकारी दिए । चौथो चरणको परिक्षापछि अन्तिम नतिजा आउने भएकाले यसवर्षको चौथो चरणको परिक्षा कोरोनाका कारण लिन नपाएमा यहि परिक्षाको नतिजाका आधारमा विद्यार्थीको मुल्यांकन गरेर अर्को वर्षको कक्षा संचालन हुने जानकारी दिए ।

गाउँपालिकामा अनलाइन माध्यमबाट पनि पढाई
सञ्चालन भइरहेको शिक्षा शाखाका प्रमुख राईले जानकारी दिए । अनलाइन माध्यमबाट सबै विद्यार्थिलाई समेट्ने कोशिस जारी रहेपनि इन्टरनेटको असुबिधाकारण समस्या भइरहेको ठाउँमाए पनि समस्या समाधान कोसिस भइरहेकाे गाँउपालिकाले जनाएको छ ।

सम्पूर्ण विद्यालयहरुमा कोरोना संक्रमण टेस्ट तथा सुरक्षित विधि अपनाएर पठनपाठन भइरहेको कारण अहिलेसम्म विद्यार्थी तथा शिक्षकमा कोरोना नदेदिएको शिक्षा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका