ठोकर्पाको थामडाँडामा भ्यू टावर

सिन्धुपाल्चोक, ठोकर्पा

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाको थामडाँडामा भ्यू टावर निर्माण भएको छ । ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा सहित शनिबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतबाट टावरको उद्घाटन गरिएको हो ।

संभावना रहेको सुनकोशी गाउँपालिकाको केन्द्र थामडाँडामा पर्यटकीय केन्द्र बनाउने उदेश्यले भ्यू टावर निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रवण जिसी (विनोद)ले बताए । पर्यटकीय हवको रुपमा विकास भएको सुकुटेबाट ११ किलोमिटरको दुरीमा रहेको ठाउँमा भ्यू टावर निर्माण गरिएको छ । गाउँपालिकाको अधिकांश स्थान, जिल्लाको सुनकोशी र भोटेकोशीको तटीय क्षेत्र, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको रमणीय वस्तीहरुको भ्यू टावरबाट अवलोकन गर्न सकिने छ ।

‘सुकुटेसम्म आउने पर्यटकलाई भ्यू टावरसम्म ल्याउने, पर्यटनका माध्यमवाट आर्थिक उपार्जनमा बृद्धि गराउने हाम्रो उदेश्य हो’–पालिका अध्यक्षले बताए । गाउँपालिकाले एक करोड २५ लाखमा टावर निर्माण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी ‘ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा नै लिएर सुनकोशी क्षेत्रको विकास भैरहेको र यसलाई सार्थक बनाउने हाम्रो दायित्व हो’– पूर्व मन्त्री बस्नेतले भने । कोभिडको महामारिमा सुनकोशी बासीलाई आफुले सक्ने ब्यबस्था गर्नुका साथै एम्बुलेन्स र आर्थिक अबस्थामा कमजोर हुनेलाई उपचारमा सहयोग गर्ने समेत बस्नेतले बताए । पूर्व मन्त्री बस्नेतले देश अहिले विसम परिस्थति छ तपाईहरू स्वास्थ्यलाई विशेष ध्यान दिई आवस्यक भन्दा घर बाहिर ननिस्कन र झोल खानेकुरा खान आग्रह समेत गरे ।

ठोकर्पा भौगोलिक, राजनीतिक र सामाजिक हिसावले पनि परिचित स्थल भएकोले यसको थप प्रचार र प्रबद्धनमा स्थानीय सरकार लागिपरेको सुनकोशी वडा नं ६ का अध्यक्ष रामकुमार थापाले बताए । कार्यक्रममा नेपाली काग्रेसका क्षेत्र नं १ का क्षेत्रिय सभापति बाल कृण्ण बस्नेत, महाधिबेसन प्रतिनिधी हरिशरण श्रेष्ट लगायतको उपस्थिति रहेको थियो । सुनकोसी २ का वडा अध्यक्ष पुर्णबहादुर महत को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । माक्स, सेनिटाईजर ,स्वस्थ्य टोलि सहित समाजिक दुरी कायम गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका