नुवाकोटका तामाङ भ्वाइस अफ नेपालको नकाउट चरणमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

नुवाकोटका ध्रुव तामाङले `द भ्वाइस अफ नेपाल सिजन-३´ ब्याटल पार गरेको छ । उनलाई राजु लामाले स्टील लिएपछि राउन्ड पार गरेको हो । ध्रुवले नकाउट राउन्डमा प्रवेश पाए ।

हिमालय टेलिभिजनबाट शनिबार राती प्रसारण भएको भ्वाइसको सिजन -३ को १४ मा प्रमोद खरेल टिमबाट दीक्षा थापासंँग ब्याटल गराइएका थियो । दीक्षा थापालाई कोच खरेलले नकाउट राउन्डमा लागेपछि ध्रुवलाई स्टिलको आवश्यकता परेको हो ।

`ज्योज्यो ले स्टील गरेर आफ्नो टिममा लिँदा एकदमै खुसी भए, उहाँलाई सम्मान स्वरुप तामाङ पहिचान बोकेको मेरो टोपी निकालेर लगाइदिए´ ध्रुवले भन्ने,` भक्कानिएर राजु जोजो रुनुभयो र ज्योज्योसँगै म लगायत अन्य पनि रुनुभयो ।´


ब्याटलमा दीक्षा र उनले पछिल्लो समयमा चर्चित गायक तथा संगीतकार उर्गेन दोङको `टाढा भएपनी´ बोलको गीत गाएका थिए ।

विदुर नगरपालिका-७,का ध्रुव हाल काठमाडौंको नेपालटारमा बस्छन् । स्कुल जीवनदेखि गीतसंगीतमा रुचि राख्ने गरेका ध्रुवसंँगै पढेका अशिम दोर्जे तामाङले बताए । अशिमका अनुसार ध्रुवले सन् २०११ मा जिल्लास्तरीय गायन प्रतियोगिता र २०१३ मा राष्ट्रियस्तरको गायन प्रतियोगिता `स्वर संग्राम´ का बिजेता समेत हुन् ।

त्रिभुवन विस्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर गरेका ध्रुवले भूमिदेवी माध्यमिक विद्यालय म्यागङ-३ गोगनेबाट एसएलसी दिएका हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका