ओमानमा माधव समूहको प्रवास संगठन

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
ओमान

नेकपा एमालेमा यतिबेला केपी र माधव समूहबीच टकराप चलिरहेको छ । केपी समूहले आफुलाई संस्थापक बताइरहदा माधव समूहले देशविदेशमा सामन्तर कमिटी गठनलाई प्राथमिकता दिइरहेका छन् ।

यसै क्रममा माधव समूहले प्रवासी नेपाली मंच ओमान गठन गरेको छ । शुक्रबार भर्चुअल बैठकबाट गठन भएको कमिटीका अध्यक्षमा लीला नाथ कोइराला चयन भएको छ ।

ओमान कमिटीको उपाध्यक्ष धनबहादुर गुरुङ (अन्जन), महासचिव तेजबहादुर तामाङ(प्रेम), सचिव विक्रम रिजाल, नीर बहादुर सुनार, कोषाध्यक्ष उमर खान, सहकोषाध्यक्ष खेम कुमारी भुजेल रहेको छ ।

त्यसैगरी कमिटीका सदस्यहरुमा क्रमशः यतिराम चौधरी, तुलषा न्यौपाने, पुलिन्दर सर्दार, विकास घले, गोम बहादुर सारु मगर, चन्द्र चौधरी, ऋषि दाहाल, बिमाला राई, प्रकाश परियार, शेरबहादुर थापा, पदम रानाभाट, जय प्रताप बुढा मगर, शोहन मुस्ताङ गुरुङ, संजय पराजुली, गोबिन्द कनुवार र राजन महतो रहेका छन् ।


कार्यक्रमका प्रमुख अतिथि तथा नेता माधव नेपालले पाटीमा भएका समस्याका बारेमा प्रष्ट पार्दै पाटी एकता चाहेको तर केपी समूहले नचाहेको बताए । उनले थपे ` तपाई हामी एक ढिक्का भएर पाटी एकतामा लाग्नुपर्छ ´ नेता नेपालले भने ` केहि खराब मान्छेकापछि लाग्दै हामी हिजो विभिन्न समस्यमा पनि पाटीलाइ यहाँसम्म ल्याउन ज्यानको राखे ।´ सच्चा कार्यकर्तालाई पाखा लगाएर केपी समूहले पाटीलाई बिभाजनको बाटोमा पुर्‍याएको नेता नेपालले आरोप लगाए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि तथा उपमहासचिव घनश्याम भुसालले केपीका अघिपछि हिड्ने साइबर सेना भनाउदाहरु पार्टी एकताको वाधक भएको बताए । उनीहरूले सामाजिक संजालमा विभिन्न गाली गलोजका शब्द प्रयोग गर्दै साइबर सेनाहरु नेपालमा स्थिरता नचाहने र कम्युनिस्टलाई सखाप पार्ने उनको भनाइ थियो । ` तपाई सच्चा नेकपा एमालेका कार्यकार्ता मित्रहरूले यस्ता खालका गतिविधि नगर्नुहोस् र सच्चा बिचार मात्र राख्नुहोस् ।´

कार्यक्रममा कतार, कुवेत, दुबई, साउदीका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए । प्रवास संयोजक तथा पाटी केन्द्रिय सदस्य श्रीप्रसाद सहले सफल खुवाएका थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका