नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर कोरोना संक्रमित बढेपछि हवाई उडानहरु बन्द गर्ने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
बढ्दो कोरोना संक्रमण रोकका लागि सरकारले सबै अन्तरिक उडान तथा आंशिक अन्तराष्ट्रिय उडानमा रोक लगाउने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि भारत, ब्राजिल र साउथ अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाइने भएको छ ।