एक करोड लागतमा बन्याे रसुवा रंगशाला

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

खेलकुदलाई व्यवस्थित र मर्यादित बनाउन रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा एक कराेडकाे लागतमा रसुवा रंगशाला निर्माण भएकाे छ ।

बागमती प्रदेश सरकारको ६५ लाख र गोसाइँकुण्ड गाउँपालिकाको ३५ लाख गरि कुल एक कराेडकाे लगानीमा रंगशाला निर्माण भएकाे हाे । ६२ फिट लम्बाइ  र ४२ फिट चाैढाई भएकाे खेलमैदान तथा ६ सय जना  दर्शक बस्न मिल्ने स्थान समेत बनाईएकाे छ ।

यस खेलमैदानमा हाईजम, दाैड, फुटबल, भलिबल, शारीरिक व्यायाम गर्न मिल्ने गरि व्यवस्थित मैदान बनाइएकाे पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका