रसुवामा कोराेनाबाट एक पुरूषकाे मृत्यु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवाको नाैकुन्ड गाउँपालिका वडा नम्बर ५ का एक काेराेना संक्रमित पुरूषकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा ५३ बर्षिय पुरूषकाे रहेका छन ।

उपचारको क्रममा आइतबार निधन भएकाे बताएको छ । मृतकलाई उपचारका लागि नुवाकोटका त्रिशूली अस्पतालका इमर्जेन्सी वार्डमा राखेको थियाे ।

मृतकका स्वाप लिएर एन्टिजेन तथा पिसिआर परिक्षण गर्दा काेराेना पाेजेटिभ भएकाे पुष्टि भएकाे थियाे । संक्रमित पुरुषकाे उपचारका क्रममा मृत्युु भएका अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएकाे हाे ।

तपाईको प्रतिक्रिया