रसुवामा काेराेना संक्रमितको संख्या ५२ पुग्याे

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
नुवाकोट

रसुवा जिल्लामा सक्रिय काेराेना भाइरस संक्रमितको संख्या ५२ पुगेकाे छ । काेराेनाको दाेस्राे लहर बढेसंँगै जिल्लामा समेत दिनप्रतिदिन संक्रमितका संख्या बढेकाे हाे ।


स्वास्थ्य कार्यालय रसुवाका तथ्यांक अनुसार गोसाइँकुण्डमा १६, कालिकामा २२, उतरगयामा ८, नाैकुण्डमा २ , जनासहित बाहिरी जिल्लाका ४ जना रहेका छन । त्यस्तै साेमवार दुई जना थप काेराेना संक्रमित संख्या थपिएकाे हाे ।

संक्रमितहरूमध्ये ७ जना संस्थागत र ४५ जना होम आइसोलेसनमा बसेका छन् । रसुवामा हालसम्म २ सय ३३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८४ जना निको भएका छन् ।

जिल्लामा हालसम्म १ हजार ९ सय २६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय २९ नेगेटिभ र २ सय ३३ पोजेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया