जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यकबाहेक अरू सेवा बन्द

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवाहरू मङ्गलवारबाट बन्द गरेको छ ।


कोरोना सङ्क्रमण बढ्दै गएपछि अर्को सूचना नभएसम्मका लागि यस कार्यालयबाट प्रवाह भइरहेको शान्ति सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी सेवा बाहेकका अरू सेवाहरू बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिए ।

उनका अनुसार कार्यालयले मङ्गलवारदेखि नयाँ नागरिकताको प्रतिलिपि वितरण, नाबालक परिचयपत्र वितरण, संघसंस्था दर्ता, पत्रपत्रिका दर्ता एवं नवीकरण, राहदानी वितरण‚ राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन तथा वितरणका साथै अन्य अत्यावश्यकबाहेकका सेवाहरू स्थगित गरेको छ ।

‘दिनप्रतिदिन कोरोना सङ्क्रमित बढ्दै जानुका साथै कर्मचारीहरूमा समेत कोरोना देखिएपछि स्वास्थ्य सुरक्षालाई ध्यान दिई यी सेवाहरू स्थगित गरिएको हो’‚सोमबार जिल्ला प्रशासन कार्यालयले जारी गरिएको सूचनामा लेखिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका