‘सिरानी लाएँ हात फेरी फेरी….’ को भिडियो सार्वजनिक

कभरसङ बनाउनेलाई पुरस्कार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौँ

एक पछि अर्को श्रोता रुचिको गीतसंगीत पस्कँदै आइरहेका संगीतकार ओमप्रकाश राईले आफ्ना श्रोता, दर्शकहरूलाई मनोरञ्जन गराउन आधुनिक गीतको भिडियो सार्वजनिक गरिएको छ ।


कोरोना कहरका कारण घरमा बसेर निराश बनिरहेका दर्शक श्रोतालाई ‘सिरानी लाएँ हात फेरी फेरी….’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

सन्चमान राईको शब्द, ओम प्रकाश राईको संगीतमा प्रविण वेडवालको मिठो स्वर श्रवण गर्न सकिन्छ । आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायाङ्कन तथा निर्देशन रहेको भिडियोमा निराज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोको एक महिनाभित्र कर्भरसङ बनाएर newnepalimusic@gmail.com मा पठाउन सकिने छ र प्राप्त भिडियोहरु मध्येबाट तीन महिनाभित्र जसको भिडियो लाइक, सेयरी बढी हुन्छ पहिलोलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेश्रोलाई १० हजार पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका