साउदीमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै

सोमबार एक हजारभन्दा धेरै कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

साउदी अरेबियामा सोमबार १ हजार ३८ जना कोरोना बिरामी निको भएर घर फर्किएको छ । उनीहरूसँगै साउदीमा हालसम्म ४ लाख ७०२ जना कोरोना बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

यहाँ रम्जानको महिना शुरु भएसँगै पुनः कोरोना संक्रमित संख्यामा वृद्धि हुँदै आएको छ । यसअघि झन्डै ६ महिना दैनिक २ सयको हाराहारीमा संक्रमित थपिदै आएपनि अप्रिल लागेपछि भने करिब हजारको संख्यामा थपिएका हुन् ।

साउदीमा सोमबार ९५३ जना कोरोना बिरामी थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म कुल ४ लाख २० हजार ३०१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये ९ हजार ६०७ जना साउदीका कोभिड अस्पतालहरुमा उपचार लिइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । ` उहाँहरुमध्ये १ हजार ३५९ जना बिरामीहरुको गम्भीर अवस्था उपचार लिइरहनु भएको ´ उनले भने ।


त्यसैगरी साउदीमा अहिलेसम्म ६ हजार ९९२ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार सोमबार १३ जना कोरोना बिरामीले ज्यान गुमाएका छन् ।

कोरोनाको संकेत देखिएमा स्वास्थ्य मन्त्रालयका टोल्प फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले यहाँको सरकारद्वारा तयार पारेका कोरोना रोकथामका विधिलाई अपनाउन आग्रह गरे । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा नेपालीहरुलाई त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको हो’, राजदूत राजपुतले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत अन्य सामाग्री उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका