काँग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकाेट

नेपाली काँग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्थायी अस्पताल सञ्‍चालन गर्न दिने भएको छ । सोमबार बसेको पार्टीको बैठकले सो निर्णय गरेको हो ।

नुवाकोटमा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जाँदा अस्पतालका बेडहरू क्रमशः भरिँदै गएको र पछिल्लो समय कोभिड सङ्क्रमितहरूका लागि बेड अभाव हुन थालेपछि पार्टी कार्यालयलाई अस्पताल बनाउन घोषणा गरेको हो ।


कोभिड सङ्क्रमितहरूलाई व्यवस्थापन गर्न करिब १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भवनमा अस्पताल सञ्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले अनुरोध गरेको छ ।

स्वास्थ्य जस्तो जनताको मौलिक अधिकार पनि तिनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु यो भन्दा लाचारीपन अरू केही हुन सक्दैन‚ नेपाली काँग्रेस नुवाकोटले टिप्पणी गरेको छ ।

नुवाकोटका हर नागरिकको जीवन रक्षाको लागी नेपाली काग्रेंस नुवाकोट हिजो पनि थियो,आज पनि छ र भोलि पनि हर बखत जनताको साथमा हुने रहने नेका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बताए ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका