कोरोनाको दुष्प्रभाव– विकराल बन्दै मानसिक समस्या

टीकापुर

कैलालीको टीकापुरकी ४० वर्षीया अनिता (नाम परिवर्तन) का श्रीमान्को कोरोना सङ्क्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्यु भयो । उनी वैदेशिक रोजगारीका क्रममा दुबई थिए । तीन वर्ष दुबईमा रोजगारी गरेर घर फर्कने तयारीमा रहेका अनिताका श्रीमान् कोरोना सङ्क्रमणका कारण हवाई सेवा बन्द भएपछि फर्किन पाएनन् । आफ्ना ४१ वर्षीय श्रीमान्सँग अनिताको अघिल्लो वैशाखको अन्त्यमा फोनमा कुराकानी भएको थियो । दुई दिनअघि टाउको दुखेको छ भनी फोन गरेका उनीसँग दुई दिनपछि फोन गर्दा उठेन । उनले फोन उठाउन छोडेपछि घर परिवारमा चिन्ता छायो ।

अनिताकी छोरीले उनीसँगै दुबईमा काम गर्ने साथीलाई फोन गरिन् । उनले कोरोना भाइरस सङ्क्रमण भएकाले अस्पताल लैजान लागेको खबर दिए । त्यसपछि १० दिनसम्म न दुबईबाट फोन आयो, न कसैसँग सम्पर्क भयो । यता परिवारमा पीडा थपियो । ११ दिनपछि गत वर्ष जेठ ६ गते उनले काम गर्ने कम्पनीका मालिकले फोनमै अनितालाई कोरोना सङ्क्रमणका कारण मृत्यु भएको खबर सुनाए ।

घर आउने तयारीमा रहेका श्रीमान्को मृत्युको खबर अनितालाई असह्य भयो । उनी मुर्छित भइन् । छिमेकीले पनि अनिताले फोनमै रोइकराइ गरेको सुने । कोरानाका कारण उनको मृत्यु भएको खबर गाउँमा फैलियो । उनको परिवारमा मात्रै नभएर गाउँभरि शोक छायो ।


‘मानसिक समस्या समयमै व्यवस्थापन गरिएन भने मानिसमा पागलपनको समस्या हुनसक्छ । आत्महत्या पनि यसकै एउटा कारण हो ।’

अनिताका दुई छोरी र एक छोरा छन् । जेठी छोरीको उमेर २१ वर्ष पुगेको छ भने कान्छी छोरी १८ वर्षकी भइन् । छोराछोरीहरुले बुबाका साथी र कम्पनीका मालिकलाई बुबाको शवको भिडियो वा फोटो देखाइदिन धेरै अनुरोध गरे, तर हेर्न पाएनन् ।

दुबईमा उनको मृत्यु भएको १६ दिनपछि त्यहाँको सरकारले नै उनको अन्त्येष्टि गर्‍यो । यता घरमा उनको काजक्रिया भयो । उनी विदेश जाँदा रु पाँच लाख ऋण लिएका थिए । उनको दुबईमा खासै कमाई पनि थिएन । ‘दुई÷तीन महिनामा कहिले ४० हजार रुपैयाँ त कहिले ५० हजार रुपैयाँ पठाउँथे । त्यो रकम घरखर्चमै सकिन्थ्यो । श्रीमान्ले पठाएको रकम बचाएर अनिताले दुई लाख ५० हजार रुपैयाँ ऋण तिरिसकेकी थिइन् । दुई लाख ५० हजार रुपैयाँ ऋण तिर्न बाँकी नै थियो ।’

अनिताले सुस्केरा हाल्दै भनिन्, ‘तीन छोराछोरी छन् । घरको सम्पत्ति केही छैन । कमाउने आधार छैन । रोजगारीमा गएका श्रीमान् अर्काको देशमा बिते । मैले केही सोच्न सकिनँ । हामीले आत्महत्या गर्ने योजना बनायौ%E

तपाईको प्रतिक्रिया

पत्रपत्रिका