उपत्यकामा निषेधाज्ञा एक साता थप्यो‚ पसल दुई घण्टा मात्र खोल्न पाउने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौँ

काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थपिएको छ । मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ भने यसअघिका पासहरू खारेज भएको समेत निर्णय गरेको छ ।


पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाउने भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले एक तिहाइ खोल्न पाउने र कम मात्रमा कर्मचारी राखेर सञ्चालन गर्न पाउनेछ । कवाडी सङ्कलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  बताए ।

उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया