आरक्षण बचाऔँ आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार सिंहदरबार घेराउको क्रममा १९ आन्दोलनकारी पक्राउ परेका छन् । आइतबार भद्रकालीबाट शान्तिपूर्ण जुलुससहित सिंहदरबारतर्फ जाने क्रममा उनीहरुलाई प्रहरीद्वारा पक्राउ गरिएको हो । उनीहरुलाई महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ ।
पक्राउ पर्नेमा छन्त्याल संघका अध्यक्ष गोविन्द छन्त्याल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, अधिकारकर्मी भक्त विश्वकर्मा, नेता खगेन्द्र माखिम रहेका छन् ।
यसैगरी अधिकारकर्मीहरु दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव, राकेश राई, सिएन थारू, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावती, वाङ्जु तामाङ, जयनकुमार मोक्तान, रमेश थापा मगर, लक्ष्मी थापा र महेश अधिकारी रहेका छन् ।
यसअघि सरकारको समावेशी समानुपातिक नीतिप्रति असन्तुष्टि जनाउदै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।