कोरोनाबाट हेटौंडा अस्पतालमा थप एकजनाको मृत्यु

सैलुङअनलाइन संवाददाता
हेटौंडा, मकवानपुर

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका-५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनमा वैशाख १४ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ६ पुगेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका