लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ 

लुम्बिनी

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ गराएको हो ।

मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषद्मा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेको थियो । पुनर्गठित मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो ।

शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन् । नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र एक राज्यमन्त्री छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका