विगु पहिरोले १५ विस्थापित, एक महिला घाइते (भिडियो)

सैलुङअनलाइन संवाददाता
दोलखा

दोलखाको विगु गाउँपालिकामा शनिबार गएको पहिरोले एक जना घाइते भएको छ भने १५ घर विस्थापित भएका छन् ।

गाउँपालिकाको वडा नं. १ स्थित बसपार्क माथिको भीरबाट पहिरो खस्दा स्थानीय लालीमाया तामाङ घाइते भएका हुन् । घाइते महिलालाई उपचारको लागि काठमाडौं ल्याइएका प्रहरीले जानकारी दिए ।

शनिबार विहान अन्दाजी १० बजेतिर खसेको पहिरोले ७ घरमा पूर्ण क्षति पुगेका छन् । पहिरोपछि लगातार ढुङ्गा झरिरहेकाले १५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका