कोरोनाको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

सैलुङअनलाइन संवाददाता
काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयले संक्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए ।

` महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ´ , उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ` अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ । ´

तपाईको प्रतिक्रिया

पत्रपत्रिका