कवि तथा समालोचक मालीको निधन

सैलुङअनलाइन संवाददाता
काठमाडौं
तस्विर : सांकेतिक

कवि तथा समालोचक इन्द्र मालीको आज बिहान मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको छ । ७९ वर्षीय माली नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्य सचिव भएको थियो ।

उनी नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता पनि थिए । नेपाली भाषामा पनि कलम चलाउने उनका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् ।

नेपाल भाषामा हाइकु विधा भित्र्याउने श्रेय पनि मालीलाई दिइन्छ । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनको आजै अन्त्येष्टि गरिँदैछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका