कतारमा पनि २५ औं आदिवासी दिवस मनायो

कतार

रोजगारीका लागि कतार पुगेका आदिवासीहरुले २५ औं अन्तर्राष्ट्रिय दिवस-२०१९ “आदिवासी भाषा वर्ष” भन्ने मुल नाराका साथ मनाएको छ ।

दिवस अगष्ट ९ तारिख शुक्रबार कतारको दोहास्थित अल दल्ला ड्राइभिङ स्कुलमा आदिवासीहरुसँग सम्बन्धित मौलिक झाँकी प्रदर्शन गरी दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए कतारका अध्यक्ष नवीन पोखरेलले आदिवासीहरुले प्रबासमा कार्य व्यस्तताका बाबजुद कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । उनले थपे- सरकारले आदिवासीहरू अधिकार कटौती गरेर अधिनायकवाद लाड्ने कोसिस गरेको छ,’यसविरुद्ध आदिवासीहरु खुलेर लाग्नुपर्छ । आदिवासीहरू भाषा, कला, संस्कृति लगायतमा धनिरहेकाले नेपालका पर्यटन वृद्धिमा बिशेष भूमिका खेल्ने पोखरेलले भने,।

दिवसमा पत्रकार महासंघ शाखा कतारका सदस्य कवि तिर्थ संगम राई, प्रवासी एकता मञ्चका अध्यक्ष चानक पोखरेल, जनसम्पर्क मञ्चका महामन्त्री अजिज अलि, नेपाली समाजका संरक्षक हिराधन राइ, जनमुक्ति मञ्चका महासचिव राज किरण तामाङ, लगायत उपस्थितिरहेका थिए ।

कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगरसँगै ज्ञातअज्ञात शहीदहरुको सम्झनामा मौन धारण गरिएका थिए । त्यसैगरी स्वागत मन्तव्य धानुक सेवा समाजका महासचिव प्रेम मण्डलले राखेका थिए ।

मगर संघका महासचिव विजय मगर, तामाङ घेदुङका सचिव विकास स्याङ्तान तामाङ र तमु प्ये लु संघका सदस्य सोनीका गुरुङले कार्यक्रमलाई सञ्चालन गरेको थियो ।

आदिवासी तथा गैर आदिवासी नेपालीहरुको बाक्लो उपस्थित रहेको कार्यक्रमका सभापति मगर संघका अध्यक्ष शेर बहादुर रोका मगर रहेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया