सुरक्षाकर्मी दुरुपयोगबारे छानबिन

काठमाडाैं

नेपाल प्रहरीका सेवानिवृत्त उच्च अधिकारीका घरमा सुरक्षाकर्मी राखेको विषयमा गृह मन्त्रालयले आवश्यक छानबिन सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले आन्तरिक निर्देशिका बनाएर धमाधम पूर्व उच्च प्रहरी अधिकारीलाई सुरक्षाकर्मी दिनु कानूनविपरित रहेको ठम्याइ गृहको छ।

गृहसचिव प्रेमकुमार राईले पूर्वउच्च अधिकारीका घरमा सुरक्षाकर्मी दिएको विषयमा आईजीसँग सोधपुछ गरेको र तत्काल उनीहरूलाई फिर्ता बोलाएर नियमित काममा खटाउन निर्देशन दिएको बताए।

‘निवृत्तपछि पनि यतिका सुरक्षाकर्मी प्रयोग गरिरहेको विषयमा मलाई रिपोर्टिङ थिएन’, उनले भने, ‘यो विषयमा मन्त्रालयले पहिल्यै प्रहरी मुख्यालयलाई अलर्ट गरेकै हो। थप छानबिन हुन्छ। कोठाभित्र आफैंले नियम बनाएर सुरक्षाकर्मी परिचालन गर्न कसैले पाउँदैन। त्यो कानूनविपरित हो। ’

उनले पुलिस कोअर्डिनेसन मिटिङ (पीसीसी) बैठकको निर्णयले कानूनी वैधता नपाउने बताए। यो समाचार अाजको अन्नपूर्ण पोष्टमा छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका