कालोसूचीले मेलम्चीलाई अर्को झट्का

काठमाडाैं

मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकणका कारण ठेक्काको बाँधी प्रकृयामा सहभागी हुन नपाउने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकन छनोट भएका हाई हिमालय एन्ड रमण जेभी र चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सहमति दिन आग्रह गर्दै एसियाली विकास बैंक एडीभीसमक्ष पत्राचार गरेको थियो ।

एडीभीले सहमति दिए यो ठेक्का हाई हिमालय एन्ड रमण जेभी र सिनो हाइड्रोले पाउने निश्चित थियो । यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण पप्पु जेभीलाई कालोसूचीमा राख्न प्रकृया अघि बढाएको सूचना जारी गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया