दूधको मूल्य भदौदेखि प्रतिलिटर ८ रुपैयाँसम्म बढ्ने

काठमाडाैं

दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रकृया सुरु गरेको हो ।

दूधको उत्पादन लगातार बढेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।

हाल तीन प्रतिशत चिल्लो पद्धार्थ र ८ प्रतिशत ठोस रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर रहेको छ । प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय भइसकेको छैन । मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने आँकलन गरिएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका